१ कार्तिक २०८३, शनिबार

चलचित्र कलाकार संघको सह-कोषाध्यक्षमा नन्दिता केसी निर्विरोध

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nandita-kc

काठमाडौँ । चलचित्र कलाकार सङ्घको निर्वाचन आगामी मङ्सिर २६ गते राजधानीमा हुने भएको छ ।

यसअघि गैरकलाकारले सदस्यता पाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि निर्वाचन स्थगित गरिएको थियो । १४० जनाको सदस्यता छानबिनको प्रक्रियामा जाने र उनीहरुलाई मतदान अधिकार नदिने सहमतिपश्चात् निर्वाचनको नयाँ मिति तय भएको हो ।

आवश्यक छानबिनपछि ८० सदस्य मतदानका लागि योग्य रहेको सङ्घका वर्तमान अध्यक्ष नवल खड्काले जानकारी दिनुभयो । उहाँले कम्तिमा पाँच ठूलो पर्दाका चलचित्रमा अभिनय गरेको कलाकार सङ्घको सदस्यका लागि योग्य हुने र उसले मतदान गर्न पाउने बताउनुभयो ।

निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ताको अन्तिम मिति तोकिएको छ । २१ कार्यसमितिका लागि ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सो मितिमा दर्ता भएका उम्मेदवारीमध्ये अभिनेत्री नन्दिता केसी सह–कोषाध्यक्षमा निर्विरोध हुनुभएको सङ्घले जनाएको छ ।

सङ्घको नयाँ नेतृत्वका लागि अध्यक्ष पदका लागि रामकेशर बोगटी, लय सङ्ग्रौला र विशाल बिष्ट गरी तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् । दुई उपाध्यक्षका लागि मनोज केसी, सानुकुमार ताम्राकार, रेजिना उप्रेती र जेनी कुँवरले उम्मेदवारी दर्ता गराएका छन् । रासस