काठमाडौं, २० मंसिर । क्रिकेटका ‘मास्टर ब्लास्टर’ सचिन तेन्दुलकर भारतको राज्यसभाका सांसद पनि हुन् ।
सांसद भएपनि क्रिकेटकै विकासमा लागिरहेका सचिनले आइतबारको राज्यसभा बैठकमा आफ्नो प्रश्न राखेका छन् । २०१२ सालमा राज्यसभाको सांसद बनेका सचिनले तीन वर्षपछि पहिलोपटक आफ्नो प्रश्न राखेका हुन् ।
सचिनले राज्यसभामा कोलकाता मेट्रो र ड्राइविंग लाइसेन्सका बारेमा प्रश्न सोधे । तर उनले जवाफ भने पाएनन् । उनले जवाफका केही समय कुनुपर्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
सचिन कांग्रेस आईको कार्यकालमा ४ जून २०१२ मा राज्यसभा सदस्य बनेका थिए । (एजेन्सीको सहयोगमा)
















प्रतिक्रिया