१ कार्तिक २०८३, शनिबार

नायक सुशील र नायिका उषाको मायाप्रेम छताछुल्ल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

photo by hissu
photo by hissu

काठमाडौं । शहरमा रेष्टुरेन्ट एन्ड डान्सबारको व्यवसाय गर्दै आएकी कलकलाउँदी युवतीले कसैको संरक्षण खोजेर बसेकी हुन्छिन् । युवतीका दिनचार्य आफ्नो रेष्टुरेन्टको व्यवसाय गर्नुमा नै समय बितेको हुन्छ ।

समयले यसरी कोल्टेफेर्छ की ती युवतीले खाइलाग्दो ज्यान भएको युवकलाई संरक्षण दिन पुग्छिन् । सहयोग गर्ने भावनाले ओतप्रोतकी ती युवतीको मन पनि त्यही युवकसँग पग्लिन पुग्छ । ती युवकलाई युवतीले आफ्नै घरमा लगेर राखी सहयोग गर्छिन् ।

आफैले संरक्षण दिएको ती युवकसँग माया लगाउन पुगेकी ती युवतीको मायाप्रेमले कति हदपार गर्छ त्यो भने छिट्टै रिलिज हुन लागेको फिल्म ‘बिचबाटो’मा हेर्नुपर्छ ।

नवनायिका उषा खनालको डेब्यू फिल्म ‘बिचबाटो’ पुसको १७ गतेदेखि रिलिज हुँदैछ । ‘बिचबाटो’ले अहिले आफ्नो प्रचार प्रसारलाई तीब्रता दिइरहेको छ । फिल्म अल नेपाल एकै पटक रिलिज हुँदैछ ।

फिल्ममा उषाका अलावा नायक सुशील क्षेत्रीले पनि अभिनय गरेका छन् । फिल्ममा दुई नायिकाको बेजोड अभिनय छ ।

राजेश शाहीले निर्माण गरेको यो ‘बिचबाटो’लाई ऋषि न्यौपानेले निर्देशन गरेका हुन् । फिल्ममा कमल राईको नृत्य निर्देशन रहेको छ । निर्देशक न्यौपाने र नृत्य निर्देशक राई नेपाली फिल्मी बजारका आ–आफ्नो क्षेत्रमा कहलिएका नाम हुन् ।

उषाले फिल्ममा ‘माया इन्कमिङ खुल्ला छ, मायामा आउट गोइङ बन्द छ……..’ बोलको आइटम गीतमा अभिनय पनि गरेकी छिन् । आइटम गीतमा मिहिनेत गरेर नाचेको उषाको भनाइ छ । ‘मेरो डेब्यू फिल्म भएकाले ‘बिचबाटो’मा सक्दो राम्रो अभिनय गरेकी छु’, उषाले भनिन्, ‘सबै राम्रो भएको अनुभव गरेकी छु ।’

फिल्मको शूटिङ नारायणगढ, सौराह, काठमाडौंलगायतका स्थानमा गरिएको हो । नायिका उषाले फिल्मबाट ठूलो आशा लिएको उल्लेख गरेकी छिन् ।

थुप्रै म्यूजिक भिडियोमा अभिनय गरेकी उषाले आफ्नो फिल्मी करियरलाई पनि म्यूजिक भिडियोमा जस्तै गरेर सफलताका साथ अगाडि बढाउने प्रतिक्रिया दिइन् । ‘म्यूजिक भिडियोबाट मोडलिङ सुरू गरेकी हुँ’, उनले भनिन्, ‘अब फिल्म करियर सुरू गरेकी छु । सफल हुन्छ । गल्ती भएका विषय सुधार गर्दै जानेछु । आफ्नो पेशालाई धोका दिने छैन ।’

‘बिचबाटो’मा उषाको अभिनय मध्यान्तरपछि सुरू हुन्छ । जति अभिनय गरेकी छिन् उषाले सबै राम्रो गरेको प्रशंसा निर्देशक र निर्माताहरूले 4गर्ने गरेको उल्लेख गरिन् ।3

4

1