१ कार्तिक २०८३, शनिबार

गायक पशुपति शर्मा भन्छन्- ‘हामी नेपाली हैनौ स्वाभिमानी’ (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pasuppगुल्मी । लोक तथा दोहोरी गायक पशुपति शर्माले ‘भारतले नाका थुन्दा चाईनातिर जानी आप्mनो देशमा केही नखोज्ने के को स्वाभिमानी’ बोलको गीत सार्बजनिक गरे लगतै उक्त गीतले अहिले निकै चर्चा बटुल्दै गएको छ ।

भारतको अघोषित नाकाबन्दीले नेपालीहरुको जनजीवन कष्टकर भैरहेको बेला चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माले व्यग्यात्मक लोकगीत सार्बजनिक गरेका छन् । नाकाबन्दीले जनजीवन प्रभावित भएपछि स्वाभिमानका कुरा उठिरहेको बेला गायक शर्माले ‘हामी नेपाली केको स्वाभिमानी’ गीत सार्वजनिक गरेका छन् । चर्चित गायक शर्माको लय शब्द र स्वरले सजिएको उक्त गीतले स्वाभिमानका कुरा गर्ने तर आफनो देसमा केहि नगर्ने हामी नेपालीहरुलाई व्यङ्ग्य गरेको छ ।

हामीले नेपाली स्वाभिमानका कुरा गर्ने तर आफना बारी बाझो राखेर पराई देशबाट उत्पादन भएका खाध्यन्न खाएर स्वाभिमानका कुराले नेपाली हामी स्वाभिमानी हुन नसक्ने गायक शर्माको भनाई छ । गीतले नेपाली नेपालीबीचमा लडाई झगडा गर्ने तर देस प्रति जनता प्रति राम्रा काम गर्न कसैको पनि ध्यान नजानुले कसरी हामी स्वाभिमानी बन्ने भन्ने व्याग्य खोजेको छ ।

सबैकुरा अन्तैबाट आएको खाने लगाउने अनि स्वाभिमानका कुरा गर्ने हामी कस्ता स्वाभीमानी नेपाली हामी स्वाभीमानी बन्न आफनै देशमा उत्पादन गर्नु उनको गितले व्याग्य गरेको छ । पर निर्भरताले देशले दुख पाईरहेको बेला उनले स्वदेशमै उत्पादन, उद्योग धन्दा भएकोभए नाकाबन्दी हुँदा नेपालीहरुले दुख कष्ट खेप्नु नपर्ने गीतले सन्देश दिन खोजेको गायक शर्माले बताए ।

परनिर्भरता कहिले भारत संग कहिले चिन संग हुनुपर्ने अब भने नेपालीहरुले सचेत भएर आफनै देशमा उत्पादन गर्नु परनिर्भरता हट्न सिक्नुपर्ने उनको गीतले सन्देश दिन खोजेको छ । गाउँ गाउमा धेरै खेत बारी बाझो राखेर बजारमा आएर थोरै जग्गालाई धेरै पैसा खनाएर स्वाभिमानका कुरा गर्ने नेपालीहरु स्वभिमानी बन्न नसक्ने उक्त गीत लेखिएका शब्दहरुले व्याङ्य गरेको छ ।

स्वतन्त्र छौ स्वाभिमान हौ भन्नी गर्व थियो ।
एक महिनामै इन्डियाले औकात देखाई दियो ।।
एक महिनामै बनाई दियो के लाउनी के खानी ।।
कठै हामी केहि नभाका के को स्वाभीमानी ।।
हामी नेपाली हैनम स्वाभीमानी ।।

पुरा भिडियो हेर्नुहोसः