काठमाडौ । सधैजसो नाटकमात्रै हेरिरहेका दर्शकका लागि शनिवार कालिकास्थानस्थित सर्वनाम थिएटरमा नौलो स्वाद र प्रयोग भयो । कथाकार गोपाल नेपालले थिएटरमा दर्शलाइ टिकट बेचेर कबिता मात्रै सुनाएनन, कबिता सुनाउने परम्परामा पनि ‘ब्रेक थ्रु’ गरे ।
मैथिली भाषामा कबिता लेख्ने नेपालले थिएटरमा भने आफुले रचना गरेका चारबटा फ्रायडवादी कथा मोडलहरुबाट बाचन गराए । त्यसो त पछिल्ला दिन मञ्चमा कविता वाचन प्रसस्तै हुन्छ । घरपरिवारमा कथा बाचनको परम्परा पाइए पनि सार्वजनिक रुपमै कथा बाचनको चलन कमै छ । नेपालले भने थिएटरमा मोडलमार्फत आफ्ना कबिता बाचन गराएर नौलो स्वाद दिए ।
कार्यक्रममा उनका चार कथा वाचन गरिएको थियो । कथाको मुख्य विषयबस्तु यौन थियो । नेपालका ‘कसरी बाँच्नु पर्छ’, ‘रने र भम्पा’, ‘आशय कविताको’ र ‘प्रभु यशुख्रिस्टको जन्म’ शीर्षकका कथालाइ सीमा लामा र युगज्योती क्रियाशीलले बाचन गरेका थिए । नेपालस्वयंले पनि कबिता बाचन गरेर सुनाए ।
उनका कथामा मानसिक यथार्थता र काल्पनिकता दुवै भेटिएको अनुभव श्रोताले सुनाए । पतिसँग असन्तुष्ट महिला, श्रीमान श्रीमती टाढा हुँदा उत्पन्न हुने यौन चाहना र यसलाई समाधान गर्न गरिएको गविविधि जस्ता विषयलाई उनका कथामा समेटिएका थिए ।
जनभावना क्याम्पसको प्रायोजनमा सम्पन्न कार्यक्रममा सात्यिकार कृष्णमुरारी गौतम ‘चट्याङ’ मास्टरले स्वदेश र बिदेसमा समेत घरपरिवारमा विभिन्न रुपका कथा बाचन परम्परा रहेको र यसलाई सार्वजनिक रुपमा आयोजना गर्नु सकारात्मक भएको बताए । यौन सृष्टिको जग भएकोले साहित्यमा यौन साहित्यको भूमिका महत्वपूर्ण हुने उनको भनाई थियो ।
















प्रतिक्रिया