
काठमाडौं । दिवँगत स्वरसम्राट नारायण गोपालको २५ औं स्मृति दिवशमा शनिबार काठमाडौंको जमल स्थित साँस्कृतिक सँस्थानमा विभिन्न कलाकारले उनका गीत गएर सम्झना गरे । साँस्कृतिक सँस्थान नेपाल, नाचघरद्धारा आयोजित नारायण गोपालको २५ औं स्मृति दिवस तथा साँगीतिक कार्यक्रममा नयाँ पुस्ताका स्रस्टाहरुले उनका गीतहरु गायका हुन् ।
सँस्थानका अध्यक्ष उधोग राईले स्वरसम्राट नारायण गोपालको तस्बिरमा माल्यार्पण गरेर कार्यक्रमको सुरु गरेका थिए । उनी प्रति श्रद्धासुमन स्वरुप प्रतिष्ठानका महाप्रबन्धक राजेश थापा, सँस्कृति मन्त्रालयको सँस्कृति महाशाखा प्रमुख भरतमणि सुवेदी, सँस्थानका पूर्व अध्यक्ष प्रदिप बम्जन, पूर्व महाप्रबन्धक लक्ष्मण रायमाझी, नेपाल सँगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य उदय श्रेष्ठ लगायत विभिन्न कलाकारले स्वरसम्राट पुष्पगुच्छा अर्पण गरे ।
कार्यक्रममा सँस्थानका महाप्रबन्धक राजेश थापाले नारायण गोपालको व्यक्तित्व र योगदान बारे प्रकाश पारे । दिवँगत यस्ता स्रस्टाहरुको सम्झनाले सँस्थानले नियमित कार्यक्रम गर्ने पनि उनले बताए ।
स्वर सम्राटमा समर्पित सो साँगीतिक कार्यक्रममा कलाकारहरुले उनकै स्वर, सँगीतमा रहेका गीतहरु मात्र प्रस्तुत गरे । सँस्थानका गायक रुपक चौधरीले म मरेपनि मलाई मेरो देश प्यारो छ….गीतबाट सँगीतक कार्यक्रम सुरु गरेका थिए । चौरीले स्वर सम्राटको अर्को गीत मलाई नसोध कहाँ दुख्छ घाउ…गायका थिए ।
गायिका लोचन भट्टराईले नारायण गोपालसँग आफुले काम गर्दाका विभिन्न स्मरण सुनाउँदै स्वर सम्राटका सम्झनामा तिम्रो जस्तो मुटु मेरो पनि…, मैले पुण्य मन पराएँ या पाप मन पराएँ…, तिमीले पनि म जस्तै मायाँ दिएर हेरेर…गीतहरु गाईन् । गायक विपिन घिमिरेले स्वर सम्राटको सम्झनामा झरेको पात झै….र प्रियसीका यादहरु…गीत सुनाए ।
यस्तै शिला बिष्टले केही मिठा बात गर…गीत गाएर दर्शकबाट ताली भाईन । टिका गुरुङ र भिमकला गुरुङले स्वरसम्राटद्धारा सँगीतबद्ध कस्तुरी झैं बास आउँछ…गीत प्रस्तुत गरेको सो कार्यक्रममा आकाश र चाँदनीले सँयुक्त रुपमा हे कान्छा ठट्टैमा यो बैश जान लाग्यो र सिरिमा सिरीनी कान्छा बतासै चल्यो…गीत गाएर स्वर सम्राटको सम्झना गरे ।



















प्रतिक्रिया