पटना (भारत), १९ मङ्सिर । विहारमा हालै भएको विधानसभा निर्वाचनका समयमा प्रतिज्ञा गरेअनुसार वर्तमान विहार राज्य सरकारले सात सङ्कल्पसहितको योजना शुक्रबार सार्वजनिक गरेको छ ।
विहारका जनतलाई नयाँ सरकारले राज्य विकासका लागि प्रस्तुत गरिएका खाकामा प्रत्येक परिवारलाई निःशुल्क शौचालय, घरघरमा खानेपानीको सुविधालगायतका सेवाहरु वर्तमान सरकारको कार्यकालमा गर्ने योजना प्रस्तुत भएको हो ।
विहार राज्यका गभर्नर रामनाथ कोविन्दले नयाँ सरकारको कार्ययोजना विहारको व्यवस्थापिकाका दुई सदनको संयुक्त सभामा घोषणा गर्नुभएको छ ।
विहारका मुख्य मन्त्री कुमारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचनमा आफ्नो पार्टी विहारको निर्वाचनमा बहुमत प्राप्त गरेमा १२५ करोडको नयाँ सहायता तथा पुरानो ४० हजार करोडको योजना ल्याई विहारलाई आर्थिक रुपमा सशक्त पार्ने योजना सार्वजनिक गर्नुभएको थियो । यसको हवालामा राज्य सरकारले प्रस्ताव गरेका सात सङ्कल्पमा कुमारले आगामी पाँच वर्षमा दुई लाख ७० करोडको बजेटको व्यवस्था गरेको बताइएको छ ।
मुख्यमन्त्रीको सात सङ्कल्पले खासगरी युवा समूहलाई लक्षित गर्दै विहारमा शिक्षा तथा सञ्चार विकासमा आगामी दिनमा विशेष महत्व दिइने जनाइएको छ ।
सात सङ्कल्पबाहेक राज्य सरकारद्वारा प्रस्तुत गरिएको नीतिको पृष्ठभूमिमा मुख्य–मन्त्री कुमारले आफ्नो कार्यकालमा सडक, विद्युत्, शिक्षा, कृषि तथा औद्योगिक क्षेत्रमा गरेका उपलिब्धका बारेमा समेत दर्शाएको छ ।
आगामी दिनमा थप उत्साहका साथ सबै क्षेत्रको विकासका लागि राज्य सरकार दृढसङ्कल्पका साथ काम गर्ने योजना राज्य सरकारको नीतिमा प्रस्तुत गरिएको छ । रासस/पिटीआई
















प्रतिक्रिया