काठमाडौं, १९ मंसिर । भारतमा युद्ध गर्ने धम्की दुई दिनपछि अतिवादी संगठन इश्लामिक स्टेट (आईएस)का एक एजेन्टलाई दिल्ली पुलिसले पक्राउ गरिएको छ ।

भारतको सरकारी समाचार संस्था पिटिआईका अनुसार दिल्ली प्रहरीको क्राइम ब्राञ्चले आईएसका एजेन्ट साबिर हुसेनलाई भारत–पाकिस्तान सीमा क्षेत्रमा जम्मू–काश्मिर राज्यको राजौरीबाट पक्राउ गरेको हो ।
‘जब क्राइम ब्राञ्च उनलाई गिरफ्तार गर्न त्यहाँ पुग्यो तब उनी आफ्नो घरको छतबाट हाम फालेर भाग्न खोजेका थिए । तर सुरक्षाबलले पक्राउ गरे पक्राउ गरिएका अभियुक्तको मेडिकल जाँच गरिएको छ ।’ समाचारमा भनिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आइएसले सो क्षेत्रमा प्रहरी अधिकारी र सरकारी निकायका प्रमुखको हत्या योजना बनाइरहेको खुलेको छ । त्यसका लागि आत्मघाती हमला गर्ने उनीहरुको तयारी थियो । पक्राउ परेका ती एजेन्टले आईएसका तालिमप्राप्त लडाकूलाई पाकिस्तानको बाटोबाट काश्मिर भित्र्याउन सहयोग गरिरहेका थिए ।
















प्रतिक्रिया