काठमाडौं, १९ मंसिर । हालै भ्रमणमा गएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतसँग चारबुँदे समझदारी गरेको खुलासा भएको छ ।
सुरुमा तीन बुँदे समझदारी भनिएपनि शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रतिपक्षी कांग्रेससहितका प्रमुख दलहरुको बैठकमा उपप्रधानमन्त्री थापाले भारतसँग गरेका चारबुँदे समझदारीको जानकारी गराएका हुन् ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा उपप्रम थापाले दिल्लीमा भारतीय विदेशमन्त्री सुष्मा स्स्वराजसँग चारबुँदे समझदारी गरेका हुन् ।
यस्तो छ उपप्रधानमन्त्री थापाले दिल्लीमा गरेको चारबुँदे समझदारीः
१) संविधान संशोधन गरी प्रदेशहरुको सीमांकन हेरफेर र परिमार्जन गरिनेछ ।
२) सीमांकन हेरफेर गर्दा तराई मधेसमा भइरहेको आन्दोलनका मागलाई सम्बोधन गरिनेछ ।
३) सीमांकन हेरफेर राजनीतिक समिति बनाएर दलहरुको सहमतिका आधारमा तीन महिनाभित्र गरिनेछ ।
४) नागरिकताको विषयमा देखिएको अस्पष्टता हल गरिनेछ ।












प्रतिक्रिया