काठमाडौं । गोर्खा भूतपूर्व लाहुरे तथा तिनका सन्तानका मायाप्रेम बारेको कथामा आधारित नेपाली चलचित्र भूपू लाहुरेको सुटिङ महिनादिनमा सकिएको छ ।
गायक तथा कलाकार गुरूङ सोल्टीको प्रस्तुती तथा गीत एवं संगीत रहेको भूपू लाहुरेमा प्रेम सुब्बाले भूपू लाहुरेको चरित्रमा अभिनय गरेका छन । एन्. जी. ईन्टरटेनमेन्टका लागि सोल्टीकी आमा श्रीमती सार्जन्ट दिल कुमारी गुरूङ मैनाद्धारा निर्मित चलचित्रको कथा, पटकथा तथा संवाद लेखक एवं निर्देशक नवीन गुरूङ हुन् ।
दिव्य सुवेदीको छायाँकन रहेको भूपू लाहुरेमा युके, लण्डनबाट नेपाल आएकी नायिका रोमियन लिम्बू, योगिता गुरूङ, शिशिर राई, बाल कलाकार सिद्धार्थ श्रेष्ठ, यूनिका राई लगयातको अभिनय रहेको छ । सोल्टीका अनुसार, नयाँ वर्ष २०७३ सालदेखि सार्वजनिक प्रर्दशनी गरिने लक्ष्य लिएको छ ।

















प्रतिक्रिया