३० आश्विन २०८३, शुक्रबार

भारतमा बाढीबाट २६९ जनाको मृत्यु, करिब १० हजार नागरिकको उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India_Tamil Nadu_Rain_Deaths

नयाँ दिल्ली, १८ मङ्सिर । भारतको राष्ट्रिय विपद् व्यवस्थापन शक्ति (एनडीआरएफ) ले भारी वर्षापछि विभिन्न इलाकामा बाढी र डुबानबाट प्रभावित करिब १० हजार नागरिकलाई शुक्रबार दिउँसोसम्म उद्धार गरी सुरक्षित स्थलतर्फ लगेको समाचार छ ।

डुबानमा परेका नागरिकलाई सहयोग पु¥याउन थप २० टोलीलाई उक्त क्षेत्रमा पु¥याएको एनडीआरएफले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका सरकारी टोली तथा राजनीतिक नेतृत्व पनि बाढी प्रभावित क्षेत्र पुगी सक्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।

बाढीले पु¥याएको क्षतिका बारेमा विस्तृत विवरण तयार गर्ने, बाढी पीडितलाई सुरक्षित स्थलमा सार्ने लगायतका उद्धारका कामहरुको विपद् व्यवस्थापन समितिका महानिर्देशक ओपी सिंहलगायतले निरीक्षण गरेपछि उद्धार कार्यलाई थप सशक्त पार्न उद्धारमा संलग्न सरकारी तथा अन्य सङ्घसंस्थालाई आग्रह गर्नुभयो ।

अहिलेसम्म १० हजार बाढी प्रभावित मानिसलाई सुरक्षितस्थलमा लगिएको छ, सिंहले भन्नुभयो । उद्धारलाई थप शसक्त पार्न २० वटा थप टोली तामिलनाडूका विभिन्न ठाउँमा पु¥याइएको छ । यससँगै उद्धारमा संलग्न सुरक्षाकर्मी तथा सरकारी अधिकारीको ५० समूहले प्रभावित क्षेत्रमा काम गरिरहेको छ ।

प्रत्येक समूहमा ४० जना सुरक्षाकर्मी रहेको र थप २० टोली चेन्नाई क्षेत्रमा पुगेपछि प्रभावित मानिसहरुले छिट्टै सुरक्षितस्थलमा पुग्ने आशाका साथ उद्धार टोलीको सहयोग पर्खिरहेका छन् ।

बाढीका कारण अहिलेसम्म २६९ जनाको मृत्यु भइसकेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी प्रभावित क्षेत्रको भ्रमणपछि बाढीले प्रभावित भारतको दक्षिणी प्रान्तका लागि एक हजार करोडको सहायता घोषणा गरिसक्नुभएको छ ।

विपद् व्यवस्थापन समितिले प्रभावित क्षेत्रमा १० हजार ४०० विभिन्न राशनका प्योकट साथै २ हजार ३०० पानीको प्याकेट प्रभावितलाई वितरण गरेको जनाएको छ ।

प्रभावितलाई उद्धार कार्यमा सघाउन ठूला साना गरी एक सयभन्दा बढी डुङ्गा साथै सयौँको सङ्ख्यामा लाइफ ज्याकेट बाँडिएको महानिर्देशक सिंहले बताउनुभयो । रासस÷पीटीआई