१ कार्तिक २०८३, शनिबार

‘राजा आउ, देश बचाउ’ भन्दै मधेसमा सुरु भयो अर्काे आन्दोलन, राजावादीले निकाले जुलुस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gyanendra-shah

वीरगञ्ज, १८ मंसिर । विगत तीन महिनादेखि आन्दोलनको चपेटामा परेको मधेसमा अर्काे आन्दोलनको पनि सुरुवात भएको छ ।

विहीबारदेखि राजवादी संघ संस्थाहरु एकजुट भएर ‘राजा आउ, देश बचाउ’ भन्दै आन्दोलन सुरु गरेका हुन् । उनीहरुले राजसस्था पुनर्स्थापना संघर्ष समितिको नेतृत्वमा आन्दोलन सुरु गरेका हुन् । यसअघि मधेसमा मधेसवादी दल र चुरेभावर राष्ट्रिय एकता पार्टीले आ–आफ्ना माग राखेर आन्दोलन गर्दै आएका छन् ।

Gyanendraमधेसमा रहेका राजावादी संस्थाका मधेसीहरुले देशलाई निकास दिनेसक्ने व्यक्ति राजा नै भएकाले राजलाई पुनस्र्थापना गर्न माग गरेका छन् । उनीहरुले वीरगन्जमा बिहिबार राजसंस्थाको माग गर्दै प्रर्दशन समेत गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको फोटो सहितको ब्यानर घण्टाघरमा झुण्ड्याएर र्याली निकालेका राजावादीहरुले ‘राजा आउ, देश बचाउ, राजसस्था पूर्नस्थापना गर्नुपर्ने, २०७२ को सविधान खारेज गरी २०४७ को सविधान लागु गर लगायतको नारा लगाउदै घण्टाघर चोकबाट विरोध जुलुस निकालेका छन् ।

राजसंस्था मागसहित आन्दोलनको सुरुवात गरेको राजसस्था पुनस्र्थापना संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयमाफर्त प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको छ । ज्ञापन पत्रमा २०७२ को सविधानमा छुटेका संवैधानिक राजसंस्था, हिन्दु राष्ट्र र मधेशी मुद्दालाई अविलम्ब सम्बोधन गरी देशको स्थितीलाई सहज बनाउन माग गरिएको अध्यक्ष गणेश साहले बताए ।