३० आश्विन २०८३, शुक्रबार

आफगान सेनालाई अर्काे सफलताः तालिवान प्रमुख मुल्लाह अख्तर मारिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aaktharकाबुल, १८ मङ्सिर । तालिवानका वरिष्ठ कमाण्डर एवम् सो आतङ्ककारी समूहका प्रमुख मुल्लाह अख्तर मन्सुरको मृत्यु भएको समाचार छ । गोली लागेर गम्भीर रुपमा घाइते भएका अख्तरको मृत्यु भएको अधिकारीहरुले शुक्रबार पुष्टि गरेका छन् ।

गत बुधबार उनी आफ्ना लडाकूहरुसँग नै भिडन्तमा परेर घाइते भएका अफगान सरकारले शुक्रबार जानकारी दिएको छ । आफ्नो आन्तरिक विषयमा भएको विवादमा परी उनी र उनका सेनाको विवाद भएको थियो । पछि गोली प्रहारसम्म भएको सरकारी सूचनाले जनाएको छ ।
भिडन्तमा गम्भीर रुपमा घाइते भएका अख्तरको मृत्यु भएको समाचार शुक्रबार अफगान सरकारले सार्वजनिक गरेको हो ।

तालिवान आतङ्ककारी समूह दुई गुटमा बाँडिएपछि यो घटना भएको जनाइएको छ । पूर्व तालिवान नेता मुल्लाह मोहमद ओमारको मृत्यु भएपछि मुल्लाह अख्तर मन्सुरले उनको स्थान लिन सफल भएका थिए ।

गत जुलाईको अन्त्यमा ओमारको मृत्यु भएको पुष्टि भएको थियो । त्यसपछि तालिवानले आफ्नो आन्तरिक विधिबाटै उनलाई नेतामा नियुक्त गरेको हो । रासस/सिन्ह्वा