काठमाडौं, १८ मंसिर । सरकारले केही मन्त्रालयका सचिवहरुलाई सरुवा गरेको छ ।
विहीबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले सरकारका तीन सचिवको सरुवा गरेको हो । सोअनुसार उद्योग मन्त्रालयमा सूर्यप्रसाद सिलवाल, भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा मोहनकृष्ण सापकोटा र रक्षा मन्त्रालयमा जयमुकुन्द खनालको सरुवा भएको छ ।
यसगरी राष्ट्रपति चुरे–मधेस संरक्षण समितिका अध्यक्ष र सदस्यको दिएको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ ।












प्रतिक्रिया