२३ कार्तिक २०८३, सोमबार

मधेसी मोर्चासँग आज वार्ता होला ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १८ मंसिर । सत्तारुढ दल, कांग्रेस र मधेसी मोर्चाबीच मुलुकलाई निकास दिनका लागि आज वार्ता हुने भनिए पनि अहिलेसम्म तयारी भएको छैन । वार्ताका लागि कांग्रेस र मधेसी मोर्चालाई आज बिहान नौ बजेसम्म जानकारी गरिएको छैन ।

स्रोतका अनुसार आन्दोलनरत मधेसी मोर्चासँग आजै वार्ता गर्ने तयारी प्रधानमन्त्री केपी ओलीले गर्नुभएको छ ।

उता, मधेसी मोर्चाका नेता तथा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले आन्दोलनरत समूहलाई सरकारले दिनप्रति दिन दमन गर्ने गरेको आरोप लगाउनुभयो । ‘यता वार्ता भन्ने’, उहाँले भन्नुभयो, ‘तराई मधेसको आन्दोलनमा कडा दमन गर्ने ।’

उहाँले आन्दोलनकारीलाई दमन गर्ने कार्य तत्काल रोक्न माग गर्नुभएको छ ।

सहअध्यक्ष कर्णले वार्ताका लागि अहिलेसम्म कतैबाट जानकारी नआए बताउनुभयो । ‘वार्ता हुन्छ रे भनेर पत्रपत्रिका र अरु सञ्चारमाध्यमबाट सुनेको छु’, उहाँले भन्नुभयो, ‘तर वार्ताका लागि भनेर कसैले खबर गरेको छैन ।’

प्रधानमन्त्री ओलीका साथै सत्तारुढ दल, मधेसी मोर्चा र कांग्रेसका शीर्ष नेताहरूबीच आज वार्ता हुने भनेर पत्रपत्रिकामा समाचार छापिएका छन् ।