२३ कार्तिक २०८३, सोमबार

सर्लाहीमा मोर्चाका कार्यकर्ताले मानवअधिकार आयोगको गाडी जलाए, कर्मचारीमाथि हातपात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

human-rights-commission-nepalकाठमाडौँ, १७ मङ्सिर । मधेसी मोर्चाका कार्यकर्ताले आज सर्लाहीको नवपुर नजिक राष्ट्रिय मानवअधिकार आयोगको गाडी तोडफोड गरी जलाउनुका साथै गाडीमा रहेका आयोगका कर्मचारीलाई दुव्र्यवहार गरेका छन् ।

सर्लाहीमा आज एकै ठाउँमा मधेसी मोर्चा र चुरेभावरको कार्यक्रम भएकाले त्यसमा हुने सम्भावित मानवअधिकार हनन्का घटनाबारे अनुगमन गर्न गएको टोलीमाथि मोर्चाका कार्यकर्ताले कुटपिट गर्नुका साथै उनीहरु चढेको बा ७ च ७४७६ नंको गाडीसमेत तोडफोड गरी आगो लगाएर पुर्णरुपमा क्षति पु¥याएको टोली संयोजक नितु गर्ताैलाले जानकारी दिनुभयो ।

घरेलु हातहतियारसहित आएका मोर्चाका कार्यकर्ताले “हामी मानवअधिकार सधिकार केही पनि जान्दैनौ” भन्दै गाडी तोडफोड र आगजनी गरेको र त्यसबाट आफनो क्यामरालगायत कागजपत्र जलेर नष्ट भएको साथै टोलीमा सहभागी इन्दिरा श्रेष्ठ, भीवा ढुङ्गानालगायतलाई चोट लागेको उहाँले बताउनु भयो । रासस