२३ कार्तिक २०८३, सोमबार

राजेन्द्रलाई मधेसमा खटाएर काठमाडौं फर्किए उपेन्द्र र महन्थ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

morcha-1

काठमाडौं, १७ मंसिर । वार्ता हुननसक्ने भन्दै मधेस झरेका आन्दोलनरत मधेसी मोर्चाका दुई नेता अचानक काठमाडौं फर्किएका छन् ।

मधेस झरेको केही दिनमै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर विहीबार अचानक काठमाडौं फर्किएका हुन् ।

उनीहरु विहीबार सर्लाहीको नवलपुरमा आयोजित आमसभालाई सम्बोधन नगरी जनकपुरबाट जहाजमा काठमाडौं आएका हुन् । मधेस आन्दोलनको नेतृत्व राजेन्द्र महतोको जिम्मा लगाउँदै उनीहरु वार्ताका लागि काठमाडौं आएका हुन् । सरकारले शुक्रबार त्रिपक्षीय गर्ने तयारी थालेको छ ।