लन्डन १७ मङ्सिर । सिरियामा इस्लामिक स्टेट (आइएस) विरुद्ध अमेरिकासँग आवद्ध हवाई आक्रमणमा लन्डनको पनि सहगागीता रहने समाचार छ ।
लन्डनको संसदमा भएको निर्णायक मतदानपछि विहीबार विहान सवेरै सिरियामा आइएस विरुद्ध भएको हवाई आक्रमणमा लन्डनको पनि सहभागीता रहेको जनाइएको छ ।
बेलयती प्रधान मन्त्री डेभिड क्यामरुनको सरकारसँग आवद्ध ३९७ सांसदमा २२३ जनाले सो हवाई आक्रमणमा सहभागीताको विपक्षमा मतदान गरेका र १७४ जनाले पक्षमा मतदान गरेको बताइएको छ ।
बेलायती विदेश मन्त्री फिलिप हमोन्डकाअनुसार बेलायतको सहभागीता रहेको सो हवाई आक्रमण पहिलो पटक बिहीबार बिहान र रातिसमेत हुने छ ।
बेलायतको ‘हाउस अफ कमन्स’ को सो निर्यणको क्यामरुनले स्वागत गर्नु भएको छ । हाउस अफ कमन्सले सहि निर्णय गरेको उहाँले बताउनु भएको छ ।
बेलायतको यो निर्णयको अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि स्वागत गर्नु भएको छ । रासस/एएफपी















प्रतिक्रिया