३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा फेरि अन्धाधुन्ध गोली चल्यो, १४ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

American-Police-State-21

सान बर्नार्डिनो (संयुक्त राज्य अमेरिका) १७ मङ्सिर । दक्षिणी क्यालिफोर्नियाको सान बर्नार्डिनोस्थित सामाजिक सेवा केन्दमा बुधबार एक बन्दुकधारीले गरेको गोली प्रहारमा परी १४ व्यक्तिको मृत्यु भएको समाचार छ । सो गोली काण्डमा परी अन्य १७ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएको छ ।

सो घटनापछि भएको प्रहरी कारबाहीमा सो गोली काण्डमा संलग्न एक महिला र पुरुषलाई मृत्यु भएको जनाइएको छ ।

यो गोली काण्ड किन मच्चाइएको हो, सो कारण हालसम्म पत्ता लागिनसकेको प्रहरी जानकारी दिएको छ । सेवा केन्द्रका कर्मचारी विदा मनाइरहेको अवस्था सो घटना भएको छ ।

सन् २०१२ को १४ डिसेम्बरमा अमेरिकाको कनेक्टिकसमा रहेको एक विद्यालयमा भएको गोली काण्डमा २६ विद्यार्थिको मृत्यु भएपछिको यो नै ठूलो घटना भएको बताइएको छ । रासस/एएफपी