२३ कार्तिक २०८३, सोमबार

सर्लाहीमा चुरे भावर र मधेसी मोर्चाबीच झडप, प्रहरीले हवाई फायर गर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morchaसर्लाही, १७ मंसिर । सर्लाहीको नवलपुरमा आन्दोलनरत चुरे भावर राष्ट्रिय एकता पार्टी र मधेसी मोर्चाबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

प्रहरीको गोली लागेर मधेसी मोर्चासम्वद्ध चार जना आन्दोलनकारी घाइते भएका छन् । नवलपुरमा मोर्चाले आयोजना गरेको कार्यक्रम चुरे भावरका कार्यकर्ताले विथोलेपछि भएको झडपलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै आक्रमण भएपछि प्रहरीले गोली चलाएको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले प्रहरीको गोली लागि ४ जना घाइते भएको एकिन तथ्यांक आइनसकेको बताए ।

फोटोः नागरिक न्यूजबाट ।