२३ कार्तिक २०८३, सोमबार

भारतमा जल्यो प्रधानमन्त्री ओलीको पुत्ला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

oli-putla-india-1000x0काठमाडौं, १७ मंसिर । दशगजा क्षेत्रमा भारतीय नागरिक कुटिएको विरोधमा भारतीय सीमावर्ती सहरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलेको छ ।

बुधबार नेपाल प्रहरीले नेपालमा रहेका भारतीयमाथि कुटपिट गरेको भन्दै बाँकेस्थित नेपाल–भारत सीमासँग जोडिएको भारतीय बजार रुपैडिहामा विहीबार भारतीय नागरिकले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । उनीहरुले ओलीविरुद्ध नाराबाजी गर्दै बाँकेका प्रहरीको पुत्ला समेत जलाएका छन् ।

यसरी पुत्ला जलाउनेमा रुपैडिहा बजारका व्यापारी रहेका छन् जसमा मधेसी मोर्चाका कार्यकर्ताले पनि साथ दिएका छन् । पुत्ला दहनसँगै उनीहरुले शुक्रबार र शनिबार रुपैडिहा बजार बन्द गर्ने घोषणा गरेका छन् ।

तस्वीर: राजेन्द्र नाथबाट