काठमाडौं, १७ मंसिर । भारतीय नाकाबन्दी र इन्धनको अभावकाबीच नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ बढाएको छ ।
प्राधिकरणले विहीबार नयाँ तालिका सार्वजनिक गरी लोडसेडिङ बढाएको जनाएको छ । नयाँ तालिका अनुसार अब दैनिक साढे ९ घण्टासम्म लोडसेडिङ हुनेछ । प्राधिकरणका अनुसार तालिका भोलि (शुक्रबार)देखि लागू हुनेछ ।
प्रणालीमा अत्याधिक लोड, भूकम्पले भत्किएका जलविद्युत गृह सञ्चालनमा कठिनाई र नदीमा पानीको वहाव घटेकाले लोडसेडिङ बढेको बताइएको छ ।
यसैबीच भारतीय नाकाबन्दीका कारण राजधानीसहित देशभर खाना पकाउने ग्यास र इन्धनको अभाव भएको बेला बढेको लोडसेडिङले सर्वसाधारणले विजुलीमा आना पनी पकाउन नपाउने भएका छन् ।
त्यसका लागि उनीहरुले तालिका हेरेर दिउँसै पकाउनुपर्ने देखिएको छ ।
हेर्नुस् तालिकाः













प्रतिक्रिया