३० आश्विन २०८३, शुक्रबार

एन्फाका गतिविधिलाई पारदर्शी बनाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

all-nepal-football-association-anfaकाठमाडौँ, १७ मङ्सिर । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कार्यसमितिको बैठकले चार महत्वपूर्ण निर्णय गरेको बताएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले आफूले कार्यभार सम्हालेपछिको पहिलो बैठकले गरेका निर्णय सार्वजनिक गर्नुभयो ।

बैठकले एन्फाले गर्ने आर्थिक कारोबारमा कार्यवाहक अध्यक्ष श्रेष्ठको हस्ताक्षर प्रयोग गर्ने तथा गत वैशाख १२ गतेको भूकम्पका कारण स्थगित भएको एएफसी महिला चौध वर्षमुनि (यु–१४)को नेपाल र बङ्लादेशवीचको फाइनल खेल आगामी डिसेम्बर २० मा काठमाडौँमा गर्ने निर्णय गरेको छ ।

त्यस्तै, अर्को वर्ष (सन् २०१६)मा हुने सोही एएफसी यु-१४ महिला क्षेत्रीय च्याम्पियनसिपको लागि नेपालले आयोजना गर्न दाबेदारी पेस गर्ने तथा फिफामा हुन लागेको निर्वाचनका लागि एएफसीका अध्यक्ष शेख सलमानलाई समर्थन गर्ने बैठकले निर्णय गरेको छ ।

यसैबीच, कार्यवाहक अध्यक्ष श्रेष्ठले आफूले सङ्गठनलाई सही दिशा दिने बताउनुभएको छ । अध्यक्ष गणेश थापालाई विश्व फुटबल महासङ्घ (फिफा)ले निलम्बन गरेपछि कार्यवाहकको जिम्मेवारी पाएका श्रेष्ठले आफू एन्फा हाक्नसक्षम रहेको दाबी गर्नुभयो ।

उहाँले एन्फालाई नयाँ गति दिन उचित सुझाव र सुत्र भए दिएर सहयोग गर्न सञ्चारकर्मीसँग आग्रह गर्दै भन्नुभयो, “म लामो समयदेखि नेपाली फुटबलमा योगदान गरिरहेको छु, त्यसैले पनि एन्फालाई राम्रो बाटोमा डो¥याउन सक्छु भन्नेमा मलाई पूर्ण विश्वास छ ।

उहाँले भन्नु भयो सङ्घका गतिविधि पारदर्शी बनाउने मैले अठोट लिएकैले मलाई यस पदका लागि राखेप (राष्ट्रिय खेलकुद परिषद्), फिफा, एएफसी (एसियाली फुटबल महासङ्घ) र एन्फाको कार्यसमितिले विश्वास गरेको हो ।” रासस