२३ कार्तिक २०८३, सोमबार

राजधानीमा जन्तीबस दुर्घटना, ३३ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bus
जहरसिंहपौवामा बसको ट्राफिक चेक गर्दै प्रहरी

काठमाडौँ, १७ मङ्सिर । सिन्धुपाल्चोक जिल्लाको बाहुनेपाटीबाट जन्ती लिएर काठमाडौँ आउँदै गरेको ना ४ ख ९२०१ नम्बरको यात्रुबस काठमाडौँको उत्तरपश्चिम जहरसिंहपौवामा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय साँखुका प्रहरी निरीक्षक उमेश जोशीले जानकारी दिनुभयो ।

घाइतेमध्ये १७ जनाको सुष्मा कोइराला मेमोरियल अस्पताल साँखु, १३ जनाको लाइफकेयर अस्पताल साँखु तथा तीनजना गम्भीर घाइतेको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । ओरालोमा ब्रेक फेल भएर बस एकसय मिटर तल खसेको बताइएको छ । रासस