
काठमाडौं, १७ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष चार जना नेता तराईका जिल्लाहरूमा सभा गर्दै हिँडेका छन् । उनीहरूले मधेस आन्दोलनलाई अझै उचाइँमा पुगाउन सभाहरू गर्दै आएका हुन् ।
सभामा सम्बोधन गर्न मधेसी मोर्चाका नेताहरू आज (बिहीबार) सर्लाही जिल्लामा पुगेका छन् । सर्लाही महन्त ठाकुर र राजेन्द्र महतोको गृह जिल्ला हो ।
सर्लाहीको नवलपुरमा आज मधेसी मोर्चाले सभा गर्दैछ । सभालाई लिएर मधेसी मोर्चाले ठूलो तयारी गरेको छ ।
उता, चुरे भावर राष्ट्रिय एकता पार्टीको पकड मानिने यो जिल्लाको उत्तरी क्षेत्रमा मधेसी मोर्चा प्रवेश गर्न सकेको छैन ।
मधेसी मोर्चाले पूर्वपश्चिम महेन्द्र राजमार्ग अबरोध गरेर सभा गरे प्रतिकार गरेर विथोल्ने तयारी चुरे भावरले गरेको छ । दक्षिणी क्षेत्रमा भने मधेसी मोर्चाको दबदवा छ ।
चुरे भावरका आन्दोलनका कमान्डर दीपमान लोप्चनले शान्तिपूण रुपमा महेन्द्र राजमार्गलाई अबरोध नगरेर गरिने सभामा आफूहरूले कुनै अबरोध नगर्ने बताउनुभयो । सडक अबरोध गरे आफूहरूले कदापि नछाड्ने कमान्डर लोप्चनले चेतावनी दिनुभयो ।
नवलपुरको सभालाई सम्बोधन गर्न मधेसी मोर्चाका नेताहरू उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादव सर्लाही पुग्नु भएको सद्भावना पार्टीका महासचिव मनीस सुमनले जानकारी दिनुभयो ।












प्रतिक्रिया