२३ कार्तिक २०८३, सोमबार

प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा, अर्को वार्ताको मिति तय गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १७ मंसिर । मुलुकको पछिल्लो राजनीतिक अवस्था र मधेसी मोर्चासँगको वार्ताका विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बस्दैछ ।

अहिले केही समयपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मधेसी मोर्चाले अघि सारेको सीमाङ्कन, नागरिकता र अन्य विषयहरूमा छलफल केन्द्रित हुने बुझिएको छ । बैठकमा भारतले लगाएको अघोषित नाकाबन्दीका विषयमा पनि छलफल हुनेछ ।

तीन महिनभन्दा बढी समयदेखि तराई मधेसमा जारी मधेसी मोर्चाको आन्दोलन र भारतीय नाकाबन्दीले जनतालाई समस्या परिरहेका बेला प्रमुख तीन दलको बैठक बस्न लागेको हो ।

बैठकले मधेसी मोर्चासँगको वार्ता र अर्को मिति तथा उनीहरूका मागका विषयमा साझा धारणा बनाउन प्रयास गर्ने छन् ।

बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेस, एमाले र एमाओवादी तथा प्रधानमन्त्री केपी ओलीको सहभागिता रहनेछ ।