२३ कार्तिक २०८३, सोमबार

त्रिदलीय साझा धारणा बनाउन बिहीबार बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baluwatar-Meetingकाठमाडौँ, १६ मङ्सिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रस्तुत गरेका ११ बुँदे मागका सम्बन्धमा साझा धारणा बनाउन बिहीबार प्रमुख तीन दलको बैठक हुने भएको छ ।

प्रधानमन्त्री निवासमा बिहान सत्तारुढ दल नेकपा(एमाले) सहित एकीकृत नेकपा (माओवादी) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको बैठक हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले राससलाई बताउनुभयो ।

मोर्चाका माग सम्बोधनका सन्दर्भमा सोे बैठकले साझा धारणा तय गर्ने र मोर्चासँगको वार्ताको नयाँ मिति पनि निर्धारण गर्ने उहाँले जानकारी दिनुभयो । रासस