१ कार्तिक २०८३, शनिबार

आमिर खानविरुद्ध अदालतमा मुद्दा, बहसका लागि बोलाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Amir-khanमुम्बई । ‘देश छाड्नुपर्ने हो की’ यो वाक्यलाई सार्वजनिक रुपमा बोलेवाफत आमिर खान यति विवादमा तानिएकी एक फ्यानले आत्महत्या नै गरिन् ।

भारतका विभिन्न सहरमा प्रदर्शन भयो । उनीविरुद्ध ठाउँ ठाउँमा मुद्दा दर्ता भए । तर, बिहारको मुजफ्फरपुर जिल्ला अदालतले त आमिरमाथिको मुद्दा स्वीकार गर्दै बहसका लागि आदेश समेत दिएको छ । आमिर र उनकी पत्नी किरण रावविरुद्ध दायर भएको मुद्दा अदालतले स्वीकारेको हो ।

भारतमा असहिष्णूताबारे चिन्ता जनाउँदै आमिर पत्नी किरणले बच्चाको भविष्यका लागि देश छाड्नुपर्ने हो की भनेर सोधकी थिईन् । सोही कुरा आमिरले एक पुरस्कार समारोहमा जस्ताको तस्तै बोलेका थिए । आमिर त्यो अभिव्यक्तिले देशको माहोल बिगारेको भन्दै उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।

आमिरले आफ्नो अभिव्यक्तिबाट देशको छवि धुमिल पारी आइपीसीका विभिन्न धाराहरु उल्लंघन गरेको आरोप लगाइएको छ । अदालतमा परेको निवेदनमाथि २५ नोभेम्बरमा मुख्य न्यायाधीश रामचन्द्रप्रसादले यस्तो फैसला सुनाएका हुन् ।