१ कार्तिक २०८३, शनिबार

आन्दोलन रोक्न चलचित्र ‘नेपाल’ बन्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

oooकाठमाडौं । नेपालमा पछिल्लो समय बढ्दै गइरहेको आन्दोलनलाई लिएर यूहानमोसन पिक्चर्सले पूरै देश शान्तिक्षेत्र हुनुपर्ने मागसहित नयाँ लघुचलचित्र ‘नेपाल– नेभर ईन्स् पिस एण्ड लभ’ निर्माण घोषणा गरेको छ ।

जनक खड्काको कथा, पटकथा, संवाद एवम् निर्देशनमा बन्न लागेको चलचित्र विशुद्ध जनचेतना मुलक हुनेछ । निर्माता सानु खान रहेको यसचलचित्रमा सहनिमार्ता सुमन कोइराला रहनेछन् ।

नेपाली चर्चित सेलिब्रेटीहरुको पनि भूमिका रहने यस चलचित्रमा फिल्म ईन्डस्ट्री बाहिरका सेलिब्रेटिहरुको समेत भूमिका रहनेछ । छायांकन सुमन कोइरालाले गर्ने छन् ।

चलचित्रको सम्पादन नहकुल खड्काले गर्नेछन् । हालसम्म चलचित्रमा ‘२१ वर्ष’ बाट नायकको रुपमा आउन लागेका मोडल जुनिम गहतराजसहित नायिका केकी अधिकारी, नायक

सुशील श्रेष्ठ, हशन खान आदि फाइनल भैसकेको कुरा यूहानमोसन पिक्चर्सका अध्यक्ष सञ्जीता श्रेष्ठले बताइन् ।

करिव ४५ मिनेट लामो यस चलचित्रले जात, धर्म, वर्ग र क्षेत्र भन्दामाथि देश रहेको र देशलाई स्वार्थमा प्रयोग गर्न नहुने सन्देश दिनेछ ।

सबै क्षेत्र, जात र धर्मका कलाकार प्रयोग गर्न लागिएको यस चलचित्रमा अभिनयको लागि यूहानमोसन पिक्चर्सले आफ्नो फेसवुक पेजमार्फत पुराना कलाकारहरूलाई समेत अपील गरेको छ ।

चलचित्र राष्ट्र र राष्ट्रियता समर्पित हुने कुरा निर्माण पक्षले जानकारी गराएको छ । यस चलचित्रले नेपालमा हाल भैरहेको आन्दोलनलाई समेत केही हदसम्म रोक्ने निर्माण पक्षको दावी छ । चलचित्रको छायांकन यहि आइतबारबाट सुरू हुनेछ ।