३१ आश्विन २०८३, शनिबार

यौनव्यापारको केन्द्र मानिने रत्नपार्कमा अब वाइफाइ पनि ‘फ्रि’ !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ratnaparkकाठमाडौं, १५ मंसिर । राजधानीकै रेड एरिया मानिने रत्नपार्कमा अब सर्वसाधारणले निःशुल्क वाइफाई प्रयोग गर्न पाउनेभएका छन् ।

काठमाडौं महानगरपालिकाले रत्नपार्क बगैचाभित्र प्रवेश गर्नेलाई निःशुल्क वाइफाई चलाउन दिने भएको हो । अबको तीन हप्तापछि रत्नपार्कमा वाइफाई सेवा सुरु हुँदैछ ।

काठमाडौं महानगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख रामु सापकोटाले वाईफाई जडानको कार्य भइरहेको र तीन हप्ताभित्रै सर्वसाधारणले प्रयोग गर्न पाउने बताए । उनले रत्नपार्कमा आई स्पीडको सेवा दिइने जानकारी दिए ।