
काठमाडौं, १४ मंसिर । नेपालकै अग्रणी व्यवसायिक घराना शंकर ग्रुप अन्र्तगतको जगदम्बा स्टील्स् प्रालिले सामाजिक उत्तरदायित्व स्वरुप ‘एकता र समृद्धिको’ सन्देश दिने उद्देश्यसहित विज्ञापन प्रशारण शुरु गरेको छ ।
वेलकम एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्ग प्रा.लि ले निर्माण गरेको १ मिनेट लामो उक्त विज्ञापनले मूलतः हामी सबैजना एक भएमा सबै कुरा सम्भव छ, एकतामै सबै शक्ति लुकेको हुन्छ, जातिय सद्भाव एवं धार्मिक सहिष्णुताले नै देश विकास हुने लगायतको सन्देशहरु बोकेको छ ।
‘एकता र समृद्धिको’ मुल सन्देशले राष्ट्रिय एकता र विकासमा महत्वपूर्ण योगदान पु¥याउने कुरामा कम्पनी आशावादी छ । छोटो समयमै सान्दर्भिक एवं सुन्दर तवरले निर्माण गरिएको उक्त संदेश मूलक विज्ञापन कम्पनीको आधिकारिक फेसबुक पेज www.facebook/JagdambaSteel मा पनि हेर्न सकिने कुरा कम्पनीले जानकारी गराएको छ ।
हेर्नुस् भिडियोः

















प्रतिक्रिया