३१ आश्विन २०८३, शनिबार

तीन वर्षमा छ हजार करदाता थपिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tax-karइलाम, १४ मङ्सिर । जिल्लामा तीन वर्षको अवधिमा छ हजार करदाता थपिएका छन् ।

सेवाग्राहीलाई जिल्लामै सेवा पु¥याउने उद्देश्यले २०६९ साल वैशाखमा स्थापना गरिएको करदाता सेवा कार्यालयमा छ हजार करदाता थपिएका हुन् ।

कार्यालय प्रमुख अनमोल दाहालका अनुसार कार्यालय स्थापना हुँदा दुई हजार ८०० करदाता रहेकामा अहिले करदाता नौ हजार पुगिसकेका छन् । चालु आवको चार महिनाको अवधिमा कार्यालयले रु पाँच करोड राजस्व सङ्कलन गरिसकेको जनाएको छ ।

गत वर्ष रु १३ करोड राजस्व सङ्कलन गरेको यस कार्यालयले नाकाबन्दीका कारण राजस्व सङ्कलन कार्य प्रभावित हुने जनाएको छ । कर सप्ताहको अवसरमा कार्यालयले जिल्लाका विभिन्न स्थानमा प्रचारप्रसार र कर शिक्षा सञ्चालन गरेको समेत प्रमुख दाहालले जानकारी दिनुभयो । रासस