३० आश्विन २०८३, शुक्रबार

रियल मड्रिडले आइबरलाई हरायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ronaldo1

काठमाडौं, १४ मंसिर । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले आइबरमाथि २–० गोलको जित निकालेको छ ।

जितसँगै रियलले लिग लिडर बार्सिलोनासँगको अंक दुरी ६ मा झारेको छ । आइबरको घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियलले आइबरलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

रियलले पहिलो हाफको अन्तिमतिर ग्यारेथ बलको गोलबाट अग्रता लिएको थियो । ८२ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै रियल मड्रिडको जित सुनिश्चित गरेका थिए ।

जितपछि रियल मड्रिड १३ खेलबाट २७ अंकसहित तेस्रो स्थानमा छ भने लिग लिडर बार्सिलोनाको ३३ अंक छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको २८ अंक छ ।