३० आश्विन २०८३, शुक्रबार

ला लिगा मा फर्किए मेस्सी, अन्तिम गोल गर्दै बार्सिलोनालाई जिताए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Messi-And-Neymar

काठमाडौं, १३ मंसिर । दुई महिनाअघि घाइते भएर रेष्टमा रहेका स्ट्राइकर लिओनल मेस्सी मैदान फर्किएका छन् ।

मैदान फर्किएर शनिबार भएको ला लिगा अन्तर्गतको खेलमा मेस्सीले गोल पनि हानेका छन् । मेस्सीको अन्तिम गोलको मद्दतमा लिग लिडर बार्सिलोनाले रियल सोसिडाडमाथि ४–० को जित निकालेको छ ।
घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलेनाले २२ औं मिनेटमा नेयमारको गोलबाट सुरुवाति अग्रता लिएको थियो । ४१ औं मिनेटमा लुइस स्वरेजले उत्कृष्ट भली गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले २–० ले अगाडि रहृयो ।

दोस्रो हाफको ५३ औं मिनेटमा नै नेयमारले व्यक्तिगत दोस्रो गोल गरे । ला लिगाको १२ खेलमा उनको यो १४ ओं गोल हो । खेलको अन्तिममा नेयमारको पासमा मेस्सीले गोल गरे । मैदान फर्किएपछि ला लिगामा मेस्सीको यो पहिलो गोल हो ।

जितसँगै बार्सिलोना १३ खेलबाट ३३ अंकका साथ शीर्ष स्थानमा छ । समान खेलबाट २९ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ । ३२ खेल खेलेको रियल मड्रिड २४ अंकसहित तेस्रो स्थानमा झरेको छ ।