३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा अन्धाधुन्ध गोली चल्यो, कोलोराडोमा तीन जनाको हत्या

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Planned Parenthood Shooting

लस एन्जेल्स, १२ मङ्सिर । संयुक्त राज्य अमेरिकामा पुन गोलीकाण्ड भएको छ । शुक्रबार भएको सो गोलीकाण्डमा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको समाचार छ ।

एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउदा कालोराडो स्प्रिङ्मा तीन जना मारिएका हुन् । त्यस गोली काण्डमा परी अरु नौ जना घाइते भएका छन् ।

प्रहरीले कम्तीमा पनि पाँचघन्टा लामो निरन्तरको प्रयासपछि सो हत्यारालाई भने नियनत्रणमा लिन सफल भएको थियो ।

कोलोराडो स्प्रिङ्मा रहेको एक गर्भपतन गराउने स्वास्थ्य क्लिनिकमा शुक्रबार स्थानीय एक व्यक्तिले आफ्नै साथमा रहेको पिस्तोलबाट गोली चलाएको थियो ।

गोली लागेका अरु व्यक्तिको अवस्था सामान्य रहेको पाइएको छ । कोलोराडो स्प्रिङ् नगरका प्रहरी प्रमुखले दिएको जानकारीअनुसार गोली लागेर मारिनेमा एकजना सरकारी अधिकारी र अरु दुई सर्वसाधारण नागरिक परेका छन् ।

स्थानीय समयअनुसार बिहान ११ बजे सो हत्या भएको र उसलाई नियन्त्रणमा लिन साझको ५ बजेको थियो । पछि उसलाई प्रहरीले हतकडी लगाएर उक्त क्लिनिकबाट बाहिर ल्याउँदै गरेको दृश्य टेलिभिजनले देखाएका थिए ।

गोलीहान्ने उक्त व्यक्तिलाई नियन्त्रणमा लिन उक्त नगरका कम्तीमा पनि १५० जना प्रहरी परिचालन गरिएको थियो । पछि ती प्रहरीले उक्त हत्यारालाई आत्मसमर्पण गराउन सफल भएका थिए । रासस/सिन्ह्वा