इटहरी, १२ मङ्सिर । नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले काङ्ग्रेसको खुला अर्थनीतिकै कारणले आज टेलिकम, हवाई सेवालगायत क्षेत्रमा धेरै उन्नति भएको र धेरै ठूला उद्योग चलिरहेको बताउनुभएको छ ।
नेता डा महतले आज सुनसरी जिल्लाको इटहरीमा नेपाली काङ्ग्रेस २ नं क्षेत्रीय समितिले आयोजना गरेको पार्टी अन्तक्र्रिया कार्यक्रममा काङ्ग्रेसले अघि सारेको अर्थनीतिकै कारणले आज नेपालको अर्थतन्त्र निकै उचाइमा पुगिरहेको जिकिर गर्नुभयो ।
सरकारमा सहभागी हुँदा नेकपा (एमाले)ले महत्वपूर्ण विषयमा काङ्ग्रेसलाई नसघाएर धोखा दिएकाले काङ्ग्रेस सभापति सुशील कोइरालाले पुनःप्रधानमन्त्रीमा उम्मेदवारी दिन बाध्य हुनुभएको जिकिर गर्नुभयो ।
वैदेशिक व्यापार अवरोध अन्तर्राष्ट्रिय कानुन विपरीत
पूर्वअर्थमन्त्री डा महतले वैदेशिक व्यपार अवरुद्ध पार्नु अन्तर्राष्ट्रिय कानुन विपरीत भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा डा महतले भारतले गरेको नाकाबन्दीले तराईको आन्दोलनलाई सहयोग पुगेको भन्दै समस्या समाधानका लागि भारतसँग वार्ता आवश्यक रहेको बताउनुभयो ।
नाकाबन्दीको विषयमा चर्का भाषण गरेर हल नहुने उल्लेख गर्दै उहाँले नाकाबन्दीको विषयलाई कूटनीतिक तरिकाले अन्तर्राष्ट्रियस्तरमा पु¥याउनुपर्ने बताउनुभयो । रासस















प्रतिक्रिया