३० आश्विन २०८३, शुक्रबार

क्रिकेट कप्तान राजुलाई खेलसामग्री सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

u-19-3धनगढी, १० मङ्सिर । नेपाली यु–१९ क्रिकेट टोलीका कप्तान राजु रिजाललाई धनगढीस्थित जिके स्पोर्टस् हाउसले आवश्यक सम्पूर्ण खेलसामग्री प्रदान गरेको छ ।

खेल समग्रीको सहयोगसँगै कप्तान राजुले आउँदो जनवरीमा बङ्गलादेशमा हुन लागेको यु–१९ विश्वकप जिके स्पोर्टस्को लोगोअङ्कित ब्याटबाट खेल्ने भएका छन् ।

स्पोर्टस् हाउसले वार्षिक रुपमा उहाँलाई यस्तो सहयोग उपलब्ध गराउने बताइएको छ । यु–१९ विश्वकप क्रिकेटको बन्द प्रशिक्षणका लागि काठमाडौं जानुअघि बुधबार जिके स्पोर्टस्ले कप्तान राजुलाई उक्त सहयोग गरेको हो ।

कार्यक्रममा कप्तान राजुले आफूहरुले नियमित प्रशिक्षण जारी राखेकाले नेपाली क्रिकेट समर्थकलाई विश्वकपमा निराश नतुल्याउने प्रतिक्रिया दिनुभयो । धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभास शाहीले हाउसले पु¥याएको सहयोगले क्रिकेटको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

धनगढी निवासी कप्तान राजुसहितका खेलाडीको तीन दिनअघि मात्रै एक समारोहका बीच बिदाइ गरिएको थियो । नेपाललाई विश्वकपसम्म पु¥याउन कप्तान राजुको भूमिका महत्वपूर्ण रहेको थियो ।

विश्वकप ‘क्वालिफाई’मा राजुले नेपालका तर्फबाट शतक प्रहार गरेर नेपाली टिमलाई च्याम्पियन बनाउन सफल हुनुभएको थियो । रासस