१२ कार्तिक २०८३, बिहिबार

सरकारले तत्काल माग सम्बोधन नगरे मुलुकमा थप संकट सिर्जना हुने चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anil-jhaकपिलवस्तु, १० मङ्सिर । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले मधेसमा जारी आन्दोलनलाई सरकारले तत्काल सम्बोधन नगरे मुलुकमा थप सङ्कट सिर्जना हुने चेतावनी दिनुभएको छ ।

मधेसी पत्रकार समाज कपिलवस्तुले तौलिहवामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय अध्यक्ष झाले भन्नुभयो – “हामीहरु स्वर्गीय गजेन्द्रनारायण सिंहले बाकेको समृद्ध नेपाल र नेपालभित्रको समृद्ध हिमाल, पहाड र मधेसको परिकल्पनालाई बोकेर अघि बढेका हौँ तर मधेस र मधेसीको अधिकार माग गर्न खोज्दा राज्यले सधैँ विभेदकारी नीति अँगाल्यो ।”

अध्यक्ष झाले वर्तमान सरकारका कतिपय मन्त्रीहरु सङ्घीयता विरोधी रहेका कारण पनि मधेसका माग सम्बोधन हुन ढिलाइ भइहरेको गुनासो गर्नुभयो । रासस