१२ कार्तिक २०८३, बिहिबार

मोरङमा मधेसी मोचाका कार्यकर्ताले पेट्रोल बोकेको भन्दै चालकलाई जिउँदै जलाए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha-1
फाइल तस्वीर

विराटनगर, १० मंसिर । आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले अराजकताको सीमा नै पार गर्दै मोरङमा एक व्यक्तिलाई पेट्रोल छर्किएर जिउँदै जलाउने प्रयास गरेका छन् ।

मोरङको भाथिगाछ–७ निवासी बब्लु राजवंशीलाई मोर्चाका कार्यकर्ताले पेट्रोल छर्केर जलाएका हुन् । राजवंशी पेट्रोल बोकेर ग्यारेज जाँदै थिए ।

त्यहीबेला मोर्चा कार्यकर्ताले रोकेर आक्रमणको प्रयास गरेका थिए । राजवंशीले प्रतिकार गर्न खोज्दा उनैले बोकेको पेट्रोल छर्किएर आगो लगाइएको प्रहरीले जनाएको छ ।

आगो लागेर राजवंशीको आधा शरीर जलेको छ । उनलाई उपचारका लागि धरानस्थित विपी कोइराला अस्पताल लगिएको छ ।