१२ कार्तिक २०८३, बिहिबार

धनुषामा ट्रकमा आगजनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Truck-Ma-Aagjani-Birganja-Nजनकपुरधाम, १० मंसिर । धनुषा जिल्लाको ढल्केबरमा आन्दोलनकारीले एउटा मालवाहक ट्रकमा आज आगजनी गरेका छन् ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार आन्दोलनकारीले ना५ख ९०२५ नंको मालवाहक ट्रकमा आगजनी गर्दा ट्रकसहित त्यसमा रहेको रु ११ लाख बराबरको कपडा जलेको छ ।

हेटौँडाका प्रहरी अतिरिक्त आयुक्त देवेन्द्र सुवेदीको नेतृत्वमा सुरक्षा दिई गइरहेका सवारीसाधनमध्ये करिब एक दर्जनभन्दा अधिक सवारीसाधनलाई समेत आन्दोलनकारीले तोडफोड गरेको जनाइएको छ । रासस