– सन्तोष कुुमार
लहान, ९ मंसिर । नेकपा एमाले सिरहा क्षेत्र नम्बर २ ले मधेसी मोर्चाको माग जायज गरेको भन्दै पुुरा गर्न राज्यपक्षसँग माग गरेको छ । माग पुरा नगरे मोर्चासँगै सडक आन्दोलनमा सहभागी हुने समेत बताएको छ ।
आज सिरहाको लहानमा पत्रकार सम्मेलन गरेर एमाले क्षेत्रीय कमिटिले स्वायत्त मधेस प्रदेश (झापादेखि कञ्चनपुुरसम्म दुुई प्रदेश), जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, समानुुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था र विगतमा भएको २२ बुँदै तथा ८ बुुँदै सम्झौता कार्यान्वयण गर्नुपर्ने माग गरेको हो ।
पत्रकार सम्मेलनमा क्षेत्रिय अध्यक्ष केदारनाथ यादबले जायज माग पुरा नगरे अब मधेसी मोर्चा सँगसँगै सडक आन्दोलनमा उत्रने अध्यक्ष यादबले चेतावनी दिए । उनले मधेसी मोर्चाको सबै माग जायज रहेकोले राज्यले माग सम्बोधन गर्न ढिलाई गर्न नहुने बताए ।
यस्तै एमाले जिल्ला उपसचिव अशोक यादबले सरकारले मधेसी मोर्चाको माग पुरा नगरे जिल्ला कमिटिले पनि आन्दोलनमा सहभागी हुने बताए । उनले गएराति लहानमा आगजनी भएर जलेको कार र बसमा प्रहरीले नै आगो लगाएको आरोप समेत लगाए ।
एमाले यूवा नेता तथा यूवा संघ नेपालका पूर्व केन्द्रिय उपाध्यक्ष सत्यनारायण यादबले मधेसी मोर्चाको माग सरकारले अबिलम्ब पुरा नगरे राजीनामा दिएर पार्टीलाई बहिष्कार गर्ने चेतावनी दिए । उनले अध्यक्ष केपी शर्मा ओलीले देश चलाउन नसक्ने कडा टिप्पणी समेत गरे ।
















प्रतिक्रिया