१२ कार्तिक २०८३, बिहिबार

एमालेको परिषद पुस १८ मा हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml news
भैरहवा, मंसिर ९ । नेकपा एमाले रुपन्देही क्षेत्र नम्बर २ को परिषद बैठक आगमी पौष १८ गते भैरहवामा हुने भएको छ ।

पार्टि क्षेत्रीय कमिटी क्षेत्र नम्बर २ रुपन्देहीको बुधवार भैरहवामा बसेको ५ औं पुर्ण विस्तारित बैठकले सो निर्णय गरेको हो । पार्टिका क्षेत्रीय अध्यक्ष घनेन्द्र विक्रम पाण्डेको अध्यक्षता एवं एमाले जिल्ला कमिटी उपसचिव राजेन्द्र प्रसाद पन्थिको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले क्षेत्रीय परिषदलाई भब्यरुपमा सफल पार्न विभिन्न समति गठन गर्दै महत्वपुर्ण निर्णय समेत गरेको क्षेत्रीय सचिव श्याम बस्यालले जनाएका छन् ।

पार्टिका जिल्ला सचिवालय सदस्य तथा क्षेत्रीय इन्चार्ज हरि प्रसाद अधिकारी, जिल्ला सचिवालय सदस्य तथा क्षेत्रीय सह इन्चार्ज हितराज पन्थि, जिल्ला सदस्य तथा सिद्धार्थनगर सह इन्चार्ज प्रेम सेन्चुरी, जिल्ला सल्लाहकारहरु पुण्यप्रसाद सापकोटा, डिल्लीराज भट्टराई, कन्हैयालाल कसौधन र नगरकमिटी उपाध्यक्ष तारापति भण्डारी अतिथी रहेको सो बैठकले विकास योजना तर्जुमा गर्नकोलागी क्षेत्रीय कमिटीले मिती तोक्दै समायोजनकोलागी नेताहरु खटाउने निर्णय समेत गरेको छ ।

बैठकले विकास योजना तर्जुमाकोलागी बगाह गाविसमा मंसिर १४ गते बैठक राख्ने र सो गाविसमा प्रेम सेन्चुरी, विष्णु पन्थि र रामशंकर चाईले समायोजन गर्ने निर्णय गरेको छ । यसैगरी बसन्तपुरमा मंसिर १४ मा बैठक बस्ने छ भने सो गाविसमा हितराज पन्थि, खुर्सिद आलम, हाटिबनगाईमा मंसिर १५ गते बैठक बस्ने र सो गाविसमा पम्फावति खनाल, चन्द्रबहादुर थापा र इन्द्रजित यादव, मैनिहीयामा मंसिर ११ गते बैठक बस्ने सो गाविसमा अयोध्या थारु र सन्तप्रसाद यादवले समायोजन गर्नेछन् । यसैगरी हाटिफर्साटिकरमा मंसिर १२ गते बैठक बस्ने र सो गाविसमा डासुराम पाण्डे, अनुप मल्ल, चिल्हीयमा मंसिर १६ गते बैठक बस्ने र सो गाविसमा भागीरथी थारु, घनेन्द्र विक्रम पाण्डे, चन्द्र थापा र विष्णु तिवारीले समायोजन गर्ने निर्णय भएको छ । यसैगरी साविक मधवलिया हाल तिलोत्तमा नपा २० र २१ मा हरिप्रसाद अधिकारी, कृष्ण नेपाल, नारायणी भण्डारी, लेखनाथ पाण्डे, दिवाकार पन्थि, लालदेवी बस्याल, खेमराज गुरुंग र सिद्धार्थ नगर पालिकामा मंसिर १४ गते बैठक बस्ने र सो नगरमा जिवलाल अर्याल, प्रेम सेन्चुरी, रामबहादुर श्रेष्ठ र तारापति भण्डारीलाई समायोजन गर्न बैठकले जिम्मेवारी दिएको छ ।

यसैगरी बैठकले पार्टि क्षेत्रको आर्थिकलाई व्यवस्थापन गर्नकोलागी क्षेत्रीय सदस्य खेमराज गुरुंग (मुन्ना) संयोजक रहेको उपसमिती पनि चयन गरेको छ । जसको सदस्यहरुमा चन्द्र थापा, लक्ष्मी पाण्डे, उमेश थापा, अनुप मल्ल र फणिन्द्र केशर कुवंर रहेका छन् ।

५ औं विस्तारित बैठकले स्थानिय निकाय संयन्त्र गठनको निर्णयलाई अनुमोदन तथा पार्टि जिल्ला कमिटीको निर्देशनात्मक परिपत्र २३ पनि क्षेत्रीय कमिटीमा पेश भएको थियो ।