काठमाडौं, ९ मंसिर । पेरूमा मंगलबार शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भौगर्भिक संस्थाका अनुसार पेरुमा ७.५ रेक्टर स्केलको भूकम्प केन्द्र ७०२.३४ किलोमिटर गहिराइ मानिएको छ ।
बेलुका ५ बजेर ४५ गएको यो भूकम्पमा कुनै पनि क्षतिको विवरण आएको छैन् । समाचार एजेन्सीका अनुसार ब्राजील, बोलीविया, चिली, कोलंबिया, इक्वाडोर एवं अर्जेन्टिनामा पनि भूकम्पको धक्का महसूस गरिएको छ । (एजेन्सीको सहयोगमा)
















प्रतिक्रिया