
– सन्तोष कुुमार
सिरहा, ९ मंसिर । सिरहा र धनुषा जिल्ला छुुट्याउने कमला नदिको किनारमा अनौठो तथा भव्य भुत मेला लागेको छ । आज शुक्ल पुुर्णिमाको दिन कमला नदिमा स्नान गरेपछि तान्त्रीक विद्या सिद्ध हुने जनविश्वास रहेको छ ।
यस अवसरमा सिरहा र धनुषाको कमला नदी किनारमा मेला समेत लागेको छ । मेला हेर्न सिरहा, धनुषा, महोतरी, सप्तरी, उदयपुर र सिमाबर्ति भारतको मधुबनि, दरभंगा, समस्तीपूर लगायत जिल्लाका हजारौ मानिस सिरहा र धनुषा स्थित कमला नदीमा स्थान गर्न पुुगेका छन् ।
धामी झाक्रि बन्ने बिश्वासका साथ उनीहरु देउता खैल्दै कमला नदिमा स्नान गरेपछि कमलेस्वरी देबिले तान्त्रिक विद्याको बर दिने तथा योग पाको हुने जनविश्वास रहेको बताइएको छ । प्रत्येक बर्ष कार्तिक पुर्णिमाको दिन लाग्ने भूत मेलामा हिजो सांझ देखिनै टाढा टाढाबाट आएका श्रदालुहरु कमला नदिमा स्नान गरिरहेका छन् ।
भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरूले कमला नदी र गंगासागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् । मुल धामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पुरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्र सिद्धिको लागि यस दिन पूर्णाहुती दिने चलन छ । मिथिलामा सदियौदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास रहेको छ ।
स्नानको समयमा मुल धामीहरुले लोक भाकामा गित समेत गाउने गर्छन् । जसलाई स्थानीय भाषामा महराई भन्ने गरिएको छ । आफनो गाउमा धामीहरुलाई डो¥याएर कमला र गंगासागर स्नान गर्न ल्याएका सिरहाका धामी रामप्रसाद यादव शरिरमा देउता चढ्नेहरुलाई यहां ल्याउने गरिएको बताउनुहुन्छ ।
तराईमा मन्त्र सिकाउने धामीलाई भगता भन्ने गरिन्छ । पवित्र नदिमा प्रथम स्नान गर्ने धामी झांक्रिसंग आशिष थाप्ने श्रद्धालुहरुको संख्या पनि उल्लेखनीय रहने गरेको छ ।
देउता खेल्दै आएका महिला पुरुषहरु कमला नदिमा स्नान गरि घर फर्किन्छन् । मुख्यतः ग्रामिण भेगका अशिक्षितका कारण टुना मुनामा बिश्वास गर्ने महिला पुरुषहरुको संख्या ठुलो रहेको छ ।
















प्रतिक्रिया