३० आश्विन २०८३, शुक्रबार

बिहारपछि मध्यप्रदेश उपनिर्वाचनमा मोदीलाई ठूलो झट्का, लोकसभा सीट गुम्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modiकाठमाडौं, ८ मंसिर । बिहार चुनावपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीलाई अर्काे धक्का लागेको छ ।

विहारको विधानसभा चुनावमा लज्जास्पद हार व्यहोरेको बीजेपीले भारतको मध्यप्रदेशमा अर्काे हार व्यहोर्दै लोकसभाको सीट समेत गुमाएको छ । लोकसभा भन्नाले माथिल्लो सदन हो । जून केन्द्रसँग सम्बन्धित हुन्छ ।

bhuriya
कांग्रेस नेता कान्तिलाल भूरिया

मध्यप्रदेशको रतलाम–झाबुआ क्षेत्रमा भएको लोकसभा उपनिर्वाचनमा भारतीय कांग्रेसले बाजी मारेको छ । कांग्रेसका उम्मेदवार कान्तिलाल भूरियाले बीजेपीका उम्मेदवार निर्मला भूरियालाई ८८ हजार ८७७ फराकिलो मतअन्तरले हराएका छन् ।

रतलाम–झाबुआ लोकसभा सीटमा बीजेपीका नेता दिलीप सिंहकी छोरी निर्मला भूरिया र कांग्रेसका उम्मेदवार पूर्व केन्द्रीय मन्त्री कांतिलाल भूरियाबीच भीडन्त भएको थियो । कान्तिलाल भूरियाले लोकसभाको यो सीट जीतेर पार्टीको सांसद संख्या समेत बढाएका छन् ।

झबुआ–रतलाम निर्वाचन क्षेत्रका सांसद एवं बीजेपी नेता दिलीप सिंहको जून महिनामा निधन भएको थियो । उनको मृत्युपछि त्यहाँ उपनिर्वाचन भएको थियो । जहाँ मोदीले पार्टीले लोकसभाको महत्वपूर्ण सीट गुमाएको हो । (एजेन्सीको सहयोगमा)