३० आश्विन २०८३, शुक्रबार

आईएसका ६ भारतीय लडाकू मारिए, भारतीय सुरक्षा एजेन्सी अलर्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Is-Lasaku

काठमाडौं, ८ मंसिर । खतरनाक आतंकवादी संगठन इश्लामिक स्टेट (आईएस)मा भर्ती भएका ६ भारतीय नागरिक मारिएका छन् ।

भारतीय गृह मन्त्रालयको खुफिया रिपोर्ट अनुसार मारिनेमा ५ भारतीय युवकमा तीन कर्नाटक, एक–एक यूपी, महाराष्ट्र र तेलंगानाका रहेका छन् । अहिलेसम्म करिब २३ भारतीय नागकिर आईएसमा कार्यरत छन् । अहिले भारतीय सुरक्षा एजेन्सी अलर्टमा बसेको छ ।

आईएसले अब भारतमा आफ्नो नजर लगाइसकेको छ । एक अनुसन्धानका अनुसार आइएसको वेबसाइट हेर्नेमा कश्मीरका युवा एक नम्बरमा छन् । दोस्रो नम्बरमा उत्तर प्रदेश, जबकि तेस्रो नम्बर महाराष्ट्र रहेका छन् ।

तेलंगाना, आन्ध्र प्रदेश, केरल, कर्नाटक, महाराष्ट्र, पश्चिम बंगाल, यूपी, दिल्ली, बिहार, जम्मू–कश्मीर र तमिलनाडूमा यसको खतरा झन बढी छ । आईएसको निशानामा ३० वर्षका युवा रहेका छन् । (एजेन्सीको सहयोगमा)