३० आश्विन २०८३, शुक्रबार

सीमामा पाकिस्तानले सीजफायर उल्लंघन गर्‍यो, भारतीय प्रहरीमाथि आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India-Pakistan borderकाठमाडौं, ७ मंसिर । भारत-पाकिस्तान सीमा क्षेत्र भीडन्त हुँदा भारतीय प्रहरीसहित चार जना मारिएका छन् ।

भारतीय च्यानल आजतकले लेखेको छ- दक्षिण कश्मीरमा पहलगामको अशमुकाममा सेना र आतंकवादीबीच भएको मुठभेडमा तीन आतंकवादी मारिएका छन् । पहलगामको तिलगाउँमा एक घरमा तीन जना आतंकवादी लुकेको सुराकी पाइएको थियो । तर, सीमा क्षेत्र राजौरीको एलओसीमा पाकिस्तान सेनाले सीजफायर उल्लंघन गरेर गोलाबारी गर्दा एक भारतीय जवान शहीद भएका छन् ।

समाचार अनुसार भारतीय प्रहरीको कारवाहीमा तीन आंतककारी मारिएका छन् भने, सीजफायर उल्लंघन गरेर पाकिस्तानले भारतीय प्रहरीमाथि गोलाबारी गर्दा एक भारतीय प्रहरी मारिए । पाकिस्तानी सेनाको गोली लागेर केही भारतीय प्रहरी घाइते छन् ।

यसअघि भएको भीडन्तमा राष्ट्रिय राइफल्सका कर्नेल सन्तोष महादिक मारिएका थिए । आजको भीडन्तमा लेफ्टिनेंट कर्नल समेतगरी सेनातर्फ दुई अधिकारी घाइते भएका छन् । (एजेन्सीको सहयोगमा)