
धनगढी, ७ मङ्सिर । आगामी वर्ष बङ्गलादेशमा हुने आइसिसी यु १९ विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाली यु १९ टोलीका कप्तान राजु रिजाल र अलराउन्डर सुनिल धमलालाई आज यहाँ बिदाइ गरिएको छ ।
धनगढी क्रिकेट एकेडसेमीका अध्यक्ष सुभाष शाहीले ब्याट हस्तान्तरण गर्दै उनीहरुको बिदाइ गर्नुभयो । धनगढी निवासी ती दुई खेलाडीलाई स्थानीय जिके स्पोट्र्स हाउसले खेल सामग्री प्रदान गरेको छ ।
नेपाल गत असोजमा भएको यु १९ विश्वकप छनोटको अन्तिममा आयरल्यान्डलाई तीन विकेटले पराजित गर्दै विश्वकपमा पुगेको हो । सो छनोटमा कप्तान रिजाल तथा धमलाले उत्कृष्ट प्रदर्शन गरेका थिए । रासस















प्रतिक्रिया