३० आश्विन २०८३, शुक्रबार

भारतको काश्मिरमा हेलिकोप्टर दुर्घटना, सात जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

INDIA-KASHMIR-ACCIDENT-AIR

श्रीनगर (भारत), ७ मङ्सिर । भारतीय काश्मिरमा सोमबार भएको एक हेलिकोप्टर दुर्घटनामा परी त्यसमा रहेका सबै सातै जनाको ज्यान गएको समाचार छ ।

उक्त हेलिकोप्टरमा छजना तीर्थयात्री थिए । तीर्थयात्राका क्रममा रहेको सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जनाएका छन् ।

काश्मिरमा रहेको प्रसिद्ध तीर्थस्थल वैष्णोदेवीबाट तीर्थाटन गरी फर्किनेक्रममा हेलिकोप्टर खसेको थियो । उक्त दुर्घटनामा परी त्यहाँ रहेका छजना तीर्थयात्री र एक पाइलटको ज्यान गएको हो ।

कत्रा नगरबाट सो हेलिकोप्टर उडेको केही क्षणमै दुर्घटना भएको थियो । सो तीर्थयात्रामा बर्सेनि दशौँलाख नागरिक जाने गर्दछन् । जम्मुका एकजना वरिष्ठ प्रहरी अधिकारी डेनिस रानाले सो हेलिकोप्टर दुर्घटनामा परी सो हेलिकोप्टर चालक एक महिला र छजना तीर्थालूको ज्यान गएको जानकारी दिए ।

उनले दुर्घटनाको कारण पत्ता नलागेको भन्दै सो कारण अनुसन्धानरत रहेको जानकारी उनले दिए । रासस/एएफपी