काठमाडौं । स्वस्थ्य पेसासँग सम्बधित एकमात्र सौन्दर्य प्रतियोगिता मिस नर्सको तेस्रो संस्करण ‘मिस नर्स नेपाल २०७२’को अडिसन सुरु भएको छ ।
तिनकुनेस्थित ग्रिन क्याफे एण्ड पार्टी भेन्यूमा आइतबारबाट पहिलो चरणको प्रतियोगी छान्ने अडिसन सुरु भएको हो । अडिसन अझै दुई साता चल्ने नेक्स्ट मोडल्स नेपालले जानकारी दिएको छ । प्रतियोगिताको अन्तिम अडिसन १९ गतेसम्म चल्नेछ ।
नर्सिङ पेसाले समाजमा पुराएको योगदानको कदर र सम्मान गर्दै यस पेसा रमाएका र भविस्य खोज्ने युवतीको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्बेवार र उत्तरदायी बनाउने उदेश्य प्रतियोगिताको रहेको छ ।
पहिलो चरणको अडिसनमा डा. लोचन कार्की (नेपाल मेडीकल एसोसियसन), डा. आयुष्मान घिमिरे (मिष्टर नेपाल २०११), श्रीदेबी शर्मा (मिस नर्स २०७१ सेकेन्ड रनर अफ), रोजिन शाक्य( कोरियोग्राफर)लगायत निर्णायक रहेका छन् ।
राजधानीमा आगामी पुस २५ गते एक भब्य कार्यक्रमसहित आयोजना हुने प्रतियोगितामा अन्तिम स्पर्धाका लागि छानिएका प्रतियोगिलाई व्यक्तित्व विकास, सन्चार कला शैक्षिक भ्रमण, स्वास्थ्य शिविर, फोटो सेसन, महिला सशक्तीकरण, सञ्चार कला, सामाजिक क्रियाकलाप, मेकअप, फेसन, फोटो सेसन, महिला ससक्तीकरण, प्रेरणा, नेतृत्व क्षमता, सामाजिक संजालको सही सदुपयोग लगायतका विषयमा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण दिइने कार्यक्रम संयोजक यतना पाण्डेले बताइन् ।
प्रतियोगितामा मुख्य
उपाधिसहित फष्ट रनरअप, सेकेन्ड रनरअपका ब्यूटी वीथ बीरेन, सोशल रेस्पोन्सिभल नर्स, मोष्ट ट्यालेन्ट ,बेष्ट पर्सनालिटी ,मोष्ट ब्यूटिफुल, मिस फोटोजेनिकलगायत बिधामा समेत बिजेता छानिनेछ ।















प्रतिक्रिया